Recents in Nepal Learning

Aama Ko Sapana आमाको सपना Notes | Class 12 - Nepali | NEB

 Aama Ko Sapana आमाको सपना Notes | Class 12 - Nepali |  NEB






आमाको सपना कविताको बिश्लेषण :-

आमा त्यो आउछ र ?
हो बा त्यो आउँछ
त्यो बिहानको सूर्य झै उज्यालो छर्दै आउछ !



आमाको सपनामा कवि गोपालप्रसाद रिमालले क्रान्तिको उद्देश्य अधर्मसित लड़नु हो र क्रान्ति एक दिन न एक दिन नआाई छाड़्दैन भन्ने घोर आशाबादी धारणा व्यक्त गरेका छन् ! ,यसको अभिव्यक्तिशैली नितान्त नौलो र मौलिक छ ! यसमा प्रचार र कौलासो भेटिन्दैन ! नेपाल आमालाई माध्यम बनाएर अनुभूतिलाई पोखेको हुनाले विशुद्ध रागात्मक्ता यसमा आएको छ ! परोक्ष शैलीमा लेखिएता पनि नवीन बिम्बहरुको प्रयोग भएता पनि यो दुर्बोध छैन ! शब्दशैया ,कल्पनाको उच्चता,प्रवाह र सरसता पनि यसका बिशेषता हुन् ! नेपालदेशलाई युवाहरुले प्रश्न गरिरहेको छ आमा क्रान्ति आउछ र ? नेपाल देश आमा भएको हुदा उत्तरमा हो आउछ अवश्यै आउछ ! त्यो क्रान्ति सूर्यझै जसरी बिहानीपख बिस्तारी बिस्तारी उदाउछ त्यसरीनै क्रान्ति पनि एक दिन आउछ बिस्तारी झूर्य झै भन्दै सम्झाउछन् !


त्यसको कम्मरमा झुण्डिएको शीत जस्तै टल्कने
तिमी एक हतियार देख्ने छौ
त्यसले उ अधर्म सित लड़ने छ !


यस पंक्ति पढ़दा क्रान्तिपुरुष सूर्यझै टडकारो भएर हाम्रो अगाडि उभिन आउँछ ! अधर्मसित लड़न अपवित्र साधन उपयुक्त हुँदैन ! त्यसले क्रान्तिपुरुषको अस्त्र शीत शब्दको केवल अालंकारिक चमत्कार मात्र नबनेर गम्भीर भाव र ध्वानिले समन्वित छ ! अमूर्त बस्तुलाई आफ्नो कल्पनाको बलले मूर्त रुप प्रदान गर्नमा देखिएको कविकौशल पनि विचारणीय छ ! कविले भनेका छन् क्रान्तिपुरुषको हतियार शीत हुनेछ ! शीत भनेको अचम्मको बस्तु हो र क्रान्तिको हतियार हामी युवाबर्गहरु हुनेछौ भन्दै कवि लेख्छन् :-
" हो बा त्यो आउछ ,त्यो हिउँ र आगो भन्दा बड़ता छोइने भएर आउँछ ! "
यो पंक्ति पढ़दा क्रान्तिको अवश्यम्भाविताताको विश्वस र क्रान्तिले जन-जीवनलाई प्रभावित नपारी नछाड्ने उसको अमोध शक्तिको परिचय दिन्छन् ! जब क्रान्ति आउछ तब हिउँ र आगो भन्दा पनि बढ़ता भएर आउछ कवि भन्छन् ! हामीले सहन गर्न नसक्ने हिउँको चिसोपन र आगोको तातोपन यी दूई भन्दा बढ़त् हामीले कल्पना पनि गर्न नसकिने ! कविले क्रान्तिको प्रतिक हिउँ र आगोको दिएको छ कारण संसारमा यी दूई बस्तु भन्दा अरु कुनै प्रतिकात्मक्ताको निम्ति प्रयोग गर्न सम्भावको छैन लाग्छ मलाई !
" हो तिमी जन्मदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिए ! "


नेपाल देशले हरेक पुत्रलाई जन्माउदा क्रान्तिपुरुष पो हो कि भनेर हेर्दथ्यो ! आमाले कलिलो अनुहारमा क्रान्तिको चमक देख्ने आशा गरेकी थिइन् ! नेपालको हरेछ युवाबर्गप्रति क्रान्तिको ज्वाला देख्ने आशा गरेकी थिइन् ! नेपाल आमाले हरेक क्षण शिशुलाई जन्माउदा क्रान्तिपुरुष होकि भनेर अनुहारमा क्रान्तिको छाया हेर्दथ्यो ! कहिले क्रान्तिपुरुष जन्मने भनेर आशामा बसेका छन् !


" तर त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो ! "
नेपाललाई सद्द:सूता जननीको रुप प्रदान गरेको छ ! साथै यस पंक्तिमा यौटी जननीको चिरप्रतिक्षित सपनाको उल्लेख गरेर कविले अन्तस्तलमा पुगी आमाको आकंक्षालाई पैल्याएका छन् ! खिन्नतालाई शब्द दिएका छन् ! आमालाई प्रतेक पटक सन्तान जन्माउँदा कुनै सुपुत्र जन्मला र उसले आफ्नो दु:ख संकट हटाइदेला भन्ने आशा हुन्छ ! त्यसैले प्रत्येक नवप्रसूत बालकलाई जन्माउनसाथ उनी त्यो उही चिरप्रतीक्षित सन्तान हो कि भनेर मुखमा हेर्न गर्छिन् ! तर त्यो सन्तान पनि कपूतहरुकै लहरमा उभिने खालका देखेपछि उनको मन अवश्यै दुखित हुदा हो ! तर पनि " कुरुत्रो जायेत क्वचिदपि कुमाता न भवति " झै त्य सन्तानलाई उनी न त्यसलाई सराप्छिन् न त घृणा गर्छन् ! बरु त्यसलाई काखमा राखेर आगमी बीर सन्तानको आशामा बस्छिन् र शिशुलाई पनि भविष्यको उज्यालोको कथा सुनाउँछिन् ! हाम्रो देशमा क्रान्तिपुरुष नजन्मिउन्जेल नेपालमाताको स्थिति यही त थियो ! जस्तो विपत्तिमा धैर्य राखेर भविष्यको आशामा सन्तान जन्माईरहेकी नेपाल आमाको यस्तो सजीव चित्र हाम्रो अगाडि राखिदिने रिमाल कविको रुपमा कति वरेण्य छन् !
" हेरौला त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ ! "
कविले आमाको सपना कवितामा नेपाल आमाले यस्तो पुत्र जन्माउने छन् ! जब क्रान्ति आउछ तब आमाको काखमा आएर लटपटिएर बस्ने छैनन् ! आमाले छोरोलाई भन्छन् जब क्रान्ति आउछ तब तिमीले त्यसलाई आफै देख्ने छौ ,सहन सक्ने छौ र ग्रहण गर्ने छौ ! जब क्रान्ति हुरी भएर आउछ नेपाल आमाहरुका छोराहरु पातहरु झै त्यसमा रिमुलिएर जानेछ ! हुरीको पछी-पछी पछ्याउदै ,दगुर्दै जानेछ !
" हो त्यो आउछ ,त्यो बिहानको सूर्य झै
उज्यालो छर्दै आउँछ ! "
यस आमाको कथनले क्रान्तिलाई कसैलें,चियाउनु पर्दैन ,त्यो सूर्यजस्तै देखिने भएर आउनेछ ! अनि सूर्य आउनु धुर्वसत्य भएझै क्रान्तिपुरुषको आगमन पनि निश्र्चितै छ ! यसरी यस कवितामा जुन शैली लिएको छ त्यसको आद्योपान्त उचित रुपले निर्वाह भएको छ !
गोपालप्रसाद रिमालका परिचय :-
सन् १९१२ को जून महिनामा काठमाडौंमा जन्मेका अनि आ.ए. सम्मको औपचारिक शिक्षा ग्रहण गरेका गोपालप्रसाद रिमाललाई नेपाली साहित्यमा गद्य कविताका सफल प्रवर्तकका रुपमा चिनिन्छ !
गोपालप्रसाद रिमाल नेपालीमा गद्य-कविताको प्रवर्तकका रुपमा उपस्थित भएका हुन् ! हुन त नेपालीमा पहिलो गद्य-कविता लेख्ने कविको सम्बन्धमा चर्चा-परिचर्चा गर्दा कसैले भिमनिधि तिवारीको नाम लिन्छ कसैले गेपालसिंह नेपालीको नाम अघि सार्न खोजेको नदेखिएको होइन ! परन्तु यी कविहरु स्वयं पद्य कविता छन्दको नै प्रमुख कवि रहेका छन् ! तिनीहरुमा छन्दको बिरोध छैन ! तिनीहरुले हिन्दीमा देखापरिसकेका गद्यात्मक अभिव्यक्तिको सामयिक प्रवृत्तिलाई छुनेसम्म प्रयास टोपोलेका हुन् ! यसको विपरीत रीमालले छन्दबहिष्कारको आन्दोलनको सुत्रपातसगरेका हुन् र गद्यकविताको पहिलो पृष्ठपोषकको रुपमा उनी शंखनाद गर्दै कुर्लिएका हुन् ! यसै एेतिहासिक तथ्यलाई ध्यानमा राखेर बिश्लेषण गर्दै रत्नध्वज जोशीज्युले आफ्नो आधुनिक नेपाली साहित्यको झलकमा लेख्नुभएको छ " नेपालीमा गद्य-कविताको श्रीगणेश गोपाल रिमालजीको बिलौना देखि भएको सम्झनु पर्छ ! आमाको सपनाको भूमिका लेखक तारानाथ शर्माज्युले पनि " गोपालप्रसाद रिमाल नेपाली साहित्यका पहिलो सफल गद्यकवि हुनुहुन्छ " भनेर लेख्नुभएको छ ! हुन त उहाँको यस कथनमा परेका दुई बिशेषण पहिला र सफलले यी पंक्तिका लेखकले भन्न खोजेको रिमालको प्रवर्तकतालाई अलमल्याउन खोजेका छन् किनभने तिनले यसका प्रयोक्ता वा प्रवर्तक त अघिनै कोही भैसकेका थिए ! सफलता हासिल चै रिमाललाई नै भयो भन्न खोजेजस्तो झस्का पर्छ ! शर्माज्युले नै फेरि यसरी प्रथम नेपाली गद्यकवि रिमालको निरन्तर बिकास भइरहेछ भनेर जो लेख्नुभएको छ त्यसबाट चाहिँ रिमालको प्रयोक्ता भैजान्छ !


गोपालप्रसाद रिमालका कृतिहरु :-
१. आमाको सपना ( कविता संग्रह सन् १९७३ )
२. मसान ( नाटक सन् १९४५ )
३. यो प्रेम ( नाटक सन् १९५८ )
गोपालप्रसाद रिमालका प्रकाशित कविताहरु :-
प्रति,कविको गान,पिंजडाको क्यानरी,रजत जयन्ती,कविह्रदयमा,बौलाहासंग,बादल,प्रति,बिलौना,कुर्लिन घाट,मृत्यु,प्रश्न,आँसु,दुई गीत,आमाको सपना, तिमी र म,यो के,नारी,भेट,दन्त्यकथा,बखत भयो यही हो वेला,म गर्छु देशसेवा,सपनामा,जंगी निशान हाम्रो,एक जुगमा एक दिन एकचोटि आउँछ, म भन्न सक्तिनं,परिवर्तन,तिमी को ,गुनासो,मेरो प्रेम कथा, होस,शहीदहरुप्रति,आमाको वेदना,सान्त्वना र एउटा टिपोट !
गोपालप्रसाद रिमालका काव्यप्रवृत्ति :-


स्वच्छन्दतावादी कवि :- गोपालप्रसाद रिमाल नेपाली कविताको संसारमा प्रथम स्वच्छन्दतावादी धारालाई अपनाएर आएका थिए ! यिनले पहिले पहिले प्रेमको कविता लेख्न थाले यसैले उनि प्रेमात्मक कवि पनि हुन् ! यिनले प्रेम र प्रकृतिको चित्रण खूबै सुन्दर ढंगमा कवितामा प्रकाश ल्याउथ्यो ! यिनको यस धारामा पर्ने कविता "प्रति " हो ! यस कवितामा कवि एकदिन घुम्दै बगैचा तिर जादा उनले एक सुन्दरी घसिँनिलाई देख्छ र साह्रै तिर्खाएको छु भनेर पानी पिउछ ! यसरी बिस्तार बिस्तार बातचित गर्दै जादा दुई बिच प्रेम बस्छ ! यस कविताले के दर्साएको छ भने एक पुरुष र स्त्रीमा हुने श्रृंगारभावलाई कवि स्पष्ट पारेका छन् ! यस कवितामा प्रेम र प्रकृतिक प्रेम बनेका कवि र उनको कवितालाई हेर्दा हामी गोपालप्रसाद रिमाललाई स्वच्छन्दतावादी कवि भन्न सक्छौ !


बिद्रोह र क्रान्तिकारी कवि :- २०००-२००६ दुई गीत गाइसके पछि कवि रिमाल अकस्मात् आठ महिना पछि २००० कार्तिकमा आमाको सपना लिएर आइपुग्छ ! यसले कविको भावचेतनाले रोमान्सेली संसारबाट क्रान्तिको संसारमा प्रवेस गरेको देखा परेका छन् !


प्रति कवितामा वरमाला पाएर रमाएका कवि ,पिंजडाको क्यानरी कवितामा स्वतन्त्रताको चेतनाले छोएका र मृत्य कवितामा कल्पनाको संसार ध्वस्त हुँदा विषादले घेरिएका हुन्छन् ! १९६७ को क्रान्ति अभियान दुर्घटित भएकामा उनी विक्षुब्ध भएर कर्तव्यविमूढ भई भौतारिन्छन् ! १९९९ मा स्वदेश फर्केपछि उनी कर्त्तव्यको दोसाँधमा उभिन्छन् ! अब कि त उनले पिंजडाको क्यानरीनै जीवन जिउनको निम्ति दाल-भात खाएर जीवन बिताउे मेसोतिर लाग्नुपर्छ कि त नियतिलाई बदलिन क्रान्तिको घरभित्र प्रवेश गर्नु पर्छ !
यदा यदा हि धर्मस्य ,ग्लानिर्भवति भारत
अभ्युत्यानधमस्य तदात्मानं सृजाम्यहम् !
जब-जब संसारमा अधर्मले सिमा काटेर जान्छ तब अधर्मका बिनासको निम्ति लड़नु नै पर्छ वा बिद्रोह गर्ननु नै पर्छ भन्ने गीताको उपदेसले कविलाई क्रान्तिको अवश्यम्भावितानाथि अमोध विश्वास उत्पन्न गरिदिएको हुन्छ ! यसैले कलि गोपालप्रसाद रिमाल क्रान्तिपुरुषका रुपमा पुनर्जन्म लिन आमाको सपना लेख्छ ! यस प्रवृत्तिमा पर्ने कविताहरु यसप्रकार छन् जस्तै :


१. आमाको सपना :- यस कवलितामा कविले नेपाल देशलाई आमाको सम्मान दिएको छ र युवा बर्गहरुलाई छोरोको सम्मान ! यस कवितामा आमा र छोराको वार्तलापद्वारा क्रान्तिको वर्णन गरेको छ ! जुनप्राकार अधर्म नेपालमा भएको थियो त्यस अधर्मको बिासको निम्ति क्रान्ति अतिनै अवश्यक छ भन्दै कविले यस कवितामा र राणाहरुको खिलाप बिद्रोहको आवाज उठाएका छन् !


२. सपना :- सपना यस प्रवृत्तिमा पर्ने अर्को कविता हो ! यस कविकामा स्वतन्त्रताको वर्णन गरेका छन् ! नेपाल चिर स्वतन्त्रता देश हो ! स्वतन्त्रता यहाँको सनातन धर्म हो ! तर नेपालले स्वतन्त्रतालाई भोग्न पाएका थिएनन् ! किनभने त्यसलाई राणाहरुले कैद गरेर राखिदिएका थिए ! धरधरी रुवाए ! उसमाथि बिडम्बना त के थियो भने उनीहरु आफूलाई स्वतन्त्रताको संरक्षक घोषित गरी नाक फुलाउँथे ! यस कुरालाई कति मुटु छुने पाराले वकोक्ति-भंगी पारेर व्यक्त गरेका छन् रिमालले मलाई बाबु-आमा भन्न कर परिरहेका राक्षसहरुबाट छुटकारा दिन कम्मर कस,फेरि,म राक्षसहरुलाई छकाएर तिनीहरुको काल पत्ता लगाइदिन्छु ,तिमी उनीहरुलाई मार,मलाई हर !


३. आमाको वेदना :- आमाको वेदना शिर्षक कविता यस प्रवृतिमा पर्ने रिमालको एक कविता हो ! वेदनात्मक भावधाराको प्रवाहमा उत्सुकता र भविष्यलाई पर्खने धीरताको लहर उछालिएको छ ! नेपाल भूमिमा मातृत्वको आरोप छ ! प्रत्येक आमालाई सन्तानलाई जन्माउँदा वेदना हुन्छ ! तर सन्तानको मुख देखेपछि त्यो वेदना हराउँछ ! वात्सल्यले परिपूर्ण भै आमा अब काखे शिशुलाई हुर्काउँछन् ,त्यसले भविष्यमा आफ्नो कष्टलाई हरण गरी आजीवन सुख देला भन्ने उनलाई आशा हुन्छ ! यसै आशाले उत्प्रेरित भएर नेपाल आमा नेपालीहरुलाई जन्माउँदै काखमा राखी स्तनपान गराएर यी शिशुहरुलाई आफ्नो इच्छा र आकांक्षालाई पूरा गरिदेलान् कि भन्ने उत्सुकतावश बाँचिरहेका छन् भन्ने कुरा कविले औधी रुपले अभिव्यक्त गरेका छन् !


४. सान्तवनामा :- क्रान्तिकारी बीरकी पत्नीलाई सान्त्वना दिदै क्रान्तिको कारण र उद्देश्य सम्झाइएको छ ! यो कविता उद्देश्यप्रधान छ ! यसमा प्रचारात्मकता पनि पाइएला तर अभिव्यक्ति प्रणालीको सौन्दर्यले गर्दा यसको काव्यात्मकतामा कुनै हानि भएको पाइनेछैन ! बीर पत्नीलाई अगाडि राखी क्रान्तिलाई अर्थ्याउनुमा कविको सफलतामाथिको अमोध विश्वास बोलिरहेको छ !


व्यांग्यात्मक कवि :- कवि गोपालप्रसाद रिमाल क्रान्तिपुरुष साथै ब्यांगत्मक कवि पनि हुन् ! यिनको कविताहरु प्रायजसो समाजलाई ब्यांग गरेर लेखिएको कविताहरु हुन् ! रिमालको कविता तिमी को प्रजातन्त्रको स्थापना भएको अवस्थामा उत्निखेर लेखेको हुन् ! यसा उनले विदेशी सहायताबाट सशक्त क्रान्तिका आधारमा राणाहरुसंग सम्झौता गरी ल्याएको प्रजातन्त्र प्रति आफ्नो तीव्र प्रतिक्रिया व्यक्त गरेका छन् ! त्यसैले यसको स्वर व्यांगात्मक छ ! यस प्रवृत्तिमा पर्ने उनका कविताहरु हुन् एक जुगमा एक दिन एक चोटि आउछ र तिमी को पर्छ !
एक जुगमा एक दिन एकचोटि आउछ
उलट-पुलच,उथल-पुथल,हेरफेर ल्याउछ
लाटा-सुधा बोल्न थाल्छन् ,चल्छ ओठ दु:खको !
यस कविता गोपालप्रसाद रिमालद्वारा लिखित ब्यांग कविता हो ! कविले राणाहरुको क्रुर शासनलाई एक दिन क्रान्ति अवस्यै आउछ अनि तिमीहरुको नितिनियम भातांगभुतुंग पारिदिन्छ ! तिम्रो शासनको मानचित्रनै बदलीदिन्छ ! तिमीहरुले जतिपनि नेपाली जनजीवनलाई कष्ट दिएको छौ तिनीहरु एक दिन तिम्रो खिलाफ बिद्रोहको आवाज उठाएर उठने छ भन्दै ब्यांग गर्छन् !
कायर पनि बीर बन्छन् ,वोग चल्छ जोसको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ !
यस पंक्ति पढ़दा हामी के बुझछौ भने नेपाल देश राणाहरुको मुठिमा थियो ! राणाहरुले जे चितायो त्यहि हुन्थ्यो यसैले गर्दा समाजका मध्यम बर्ग र निम्न बर्गहरुले भोग्नु परेको पिड़ा र दयनीय जीवनमा अधर्मको सिमा विस्तृत भएको ,समाजलाई शासन र शोशित गरेको ,मानिसहरुको स्वतन्त्रता खोसिएको ,मानव जीवन नर्कतुल्य भएको स्थिति र नेपालका जन्ताहरुका रुवाईलाई स्पष्ट रुपले देखाउद्छ ! ज्यादै अन्य-अत्याचारले गर्दा एकदिन कायरहरु छन् उनीहरु पनि क्रान्तिको आवाज उठाएर बीरबनी युद्धको मैदानमा उत्रन्छ र यहाँ एकदिन हाहाकार मच्छ र पापको भाड़ो भरेर जान्छ ! अधर्मको नास गर्नको निम्ति नेपालका युवाबर्गहरु साथै जनताहरु श्रीकृष्णको जन्म लिन्छ भन्दै कविले राणाहरु प्रति व्यांग गर्दछन् !
अर्को कविता तिमी को भन्ने कविले समाजका त्यस्त् व्यक्तिहरु प्रति व्यांग गरेक् छन् जसले समाज सुधारको निम्ति केहि आवाज उठाउदेनन् ! कविले लेखछन्
यहाँ हामीलाई यो अलमल नै प्रिय छ
यो धर्मर नै प्रिय छ
तर ,हामी त्यसोलाई त्यसो भन्न चाहँदैनौ
त्यसो भन्ने तिमी को ?
यस कवितामा कवि गोपालप्रसाद रिमाललाई समाजका अल्छे मानिसहरुले प्रश्न उठाएको छ ! कविले समाज परिवर्तनको निम्ति क्रान्तिको आवाज उठाउने सल्लहा दिदछ तर मानिसहरु त्यहि अलमलमा नै रम्ने गर्छन् ! उनीहरुलाई त्यो अधर्म नै प्रिय लाग्छ यसैले कवितालाई प्रश्न गर्छ तिमी को भनेर !
हामीलाई हाम्रो आलस्य नै प्रिय छ
दुर्गति नै प्रिय छ ,यो पसारो नै प्रिय छ
उठाउन खोज्ने तिमी को !
नेपालमा राणाहरुको क्रुर शासनले पागल बनेका कविले मानिसहरुलाई सन्तावना दिनको निम्ति उभिन्दा कविलाई प्रश्न आउछ हामीलाई हाम्रो अल्छेपना नै उचित लाग्छ ! हामीलाई हाम्रो दु:खदायी जीवननै राम्रो लाग्छ र हाम्रो पसारो नै उच्चित लाग्छ त्यसलाई उठाउन खोज्ने तिमी को ? भन्ने प्रश्न आउछ !
प्रेमात्मक कवि :- यसबर्गका गोपालप्रसाद रिमालका कविता अन्य कविता झै विरहको नि:श्वास र मिलनको उल्लासले भरिएको वासनात्मक प्रेमोदगारमात्र होइनन् बरु रिमालको क्रान्तिकारी व्यक्तित्वले डामिएका नौला ढंग र ढाँचाका कविता हुन् ! यिनमा पनि अभिव्यक्तिको सौष्ठव,शब्दहरुको रुचिर विन्यास,प्रतीकहरुको मनोहर योजन र कल्पनाको नवीनता परिलक्षित हुन्छ ! यति हुँदाहुँदै पनि यस वर्गका कविताहरु आमाको सपना र सपना आदि उच्च कोटिका कविताको स्तरका वाहि हुन सकेका छैनन् ! यस फाँटका कविताहरु केलाउँदा यिनमा दुई थरी भावधारा पाइन्छ ! तदानुसार एक थरी चाहिं विशुद्ध रति-भावनाले पूर्ण छन् र अर्को थरी रत्यात्मक अभिव्यक्ति र क्रान्त्यात्मक भावधाराले भरिएका छन् ! प्रति शुद्ध प्रेमात्मक कविता हो ! कविले प्रेमविषयको आफ्नो धारणालाई नधकाई नलाई ठाडै व्यक्त गरिदिएका छन् !
राष्ट्रिय प्रेमात्मक कवि :- यस वर्गका कविता भावात्मक दृष्टिले त्यति सुन्दर छैनन् ! यिनमा गद्यको शुष्कता निकै छ ! कविका प्रारम्भिक कालका रचना प्रतीत हुन्छन् ! अभिव्यक्तिको नवीनता यिनमा पनि पाइन्छ ! स्वदेश र स्वाजातिके स्नेहले भरिएका हुनाले यिनको आफ्नो बेग्लै महत्त्व छ ! गोपालप्रसाद रिमालले बोलिरहेको खासकुरा शिर्षक कविको लहडीपनाको घोतक छ ! यसमा प्रश्नोत्तर शैलीमा नेपालीको परिचय र जीवनोद्देश्य स्पष्ट गरिएको छ ! गीतमा नेपालीहरुलाई नेपाल हाम्रो हो भन्ने भाव जगाउन दुर्गादेवीसित प्राथना गरिएको छ !
त्यस्तै प्रश्नमा नेपालीको कर्तव्य र उच्च जीवनोद्देश्यको झलक देखाइएको छ ! जंगी निसानमा बीर-भावना व्यक्त भएको छ ! यसमा राष्ट्रिय ध्वजलाई लक्षय गरी नेपालीको शूरता,बीरता,पवित्रता,साधुता आदि गुणहरुलाई प्रकाशित गरिएको छ !
प्रकृतिपरक कवि :- यस वर्गका दुई कविता यसमा छन् ! एक गीत र फूल र क्षण ! एक गीतमा कविको ध्यान कलीतर्फ आकर्षित भएको छ ! कलीको जीवन प्रति कविलाई अघोरै उत्सुकता छ ! ऊ कसैको प्रतिक्षामा टोलाएजस्तो लाग्छ ! कली फुलेकोमा कवि प्रफुल्लित हुन्छन् र झरेकोमा आँसु बगाउँछन् ! कविलाई सृष्टि र विकास प्यारो छ ! पतन र विनाश पीडादायी ! अर्को शब्दमा जीवन आह्लादक छ मृत्यु बिषादजनक ! आकाशका तारा पनि कली झै सुन्दर छन् र ती नष्ट भएर झरेका पनि देखिंदैनन् ! तर आकाशवासी ताराहरुसित कविको नाता ? कविको आत्मीयता त यसै माटोमा फुल्ने झर्ने कलीसितै हुन सक्छ ! यसरी कलीसित कविको तादात्मय भाव देखिन्छ ! कवि प्रकृतिक तत्त्वलाई मानवीय संवेदनाले मुछेर हेर्छ !
फूल र क्षणमा कवि फूलसित रमाएका छन् ! तर कवि आफूले खोजेको फूल नपाएर दिक्दार पनि हुन्छन् ! सम्भवत:कवि सधै मुस्कुराइ रहने फुलविशेषको खोजीमा छन् ! अथवा कवि समाजमा यौटा फूल फुलेको देख्न खोज्छन् जो आफ्नो आभा-सौरभले जगतलाई आप्यायित गरेर अमर भैजाओस ! क्षण पनि आफूले खोजेजस्तै नपाएर कवि वेदना-विकल भएका छन् ! यसरी प्रकृतिसम्बन्धी कविताहरुमा रिमालले मानवीय अनुभूति र तादात्म्य जोरेका छन् ! यी कविता पनि भावसौन्दर्यले भरिएका छन् !
नारी-परिचयात्मक कवि :- नारीप्रति रिमालको ह्रदयमा श्रद्धा:सद्भावना र सहनुभूति छ ! नारीको व्यक्तित्व र स्वतन्त्र अस्तित्वको महिना देखाउन उनले मसान र यो प्रेम जस्ता नाटक लेखेका छन् ! प्रस्तुत संग्रहमा चाहि एक मात्र नारी कविता छ ! यसरी त उनका प्राय सबैजसो उच्च कोटिका कविताहरुमा उनले नारी भावना भरेकै छन् ! यस कवितामा चाहिं कवि नारीको परिचय दिन अघि सर्छन् ! यसमा नारीको स्वरुप ,गुण दुवैलाई कोमल भावनामा मधुर कल्पनाको सुनौलो पाउडर दलेर मोहक रुपमा चित्रण गरेका छन् !








class 12 nepali आमाको सपना अभ्यास सम्पुर्ण हल || NEB 

will be uploaded soon

Post a Comment

0 Comments